नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि गत मंसिर २९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
उक्त दिन सुन प्रतितोला दुई लाख ६० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रूपैयाँ पुगेको छ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार रूपैयाँ बढी हो।
यस्तै, आइतबार भने प्रतितोला दुई लाख ५८ हजार तीन सय रूपैयाँमा सुनको कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन हजार चार सय रूपैयाँ बढेको हो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।
आइतबार तोलामा चार हजार एक सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार दुई सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ३० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।