स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपाल धितोपत्र बोर्डले ५० भन्दा बढी जलविद्युत आयोजनाको आइपिओ र राइट सेयर लामो समयदेखि रोकिदिएको बताएका छन्।
१० प्रतिशत सेयर अनिवार्य स्थानीयलाई दिनुपर्ने प्रावधान रहेकोमा धितोपत्र बोर्डले अनुमति नदिँदा समस्या भएको गुनासो गरे।
‘भोटेकोशीमा जस्तै थुप्रै आयोजनामा स्थानीयले आइपिओ किन्न माग गर्दै अवरोध गर्न थालेका छन्। तर सेवनको अवरोधका कारण हामीले किन्छु भन्दा पनि सेयर दिन सकेका छैनौं,’ उनले भने।
यस विषयमा सम्बन्धित मन्त्रालय र सेबोनलाई समेत जानकारी गराइसके तापनि एउटा पनि फाइल सदर नभएको उनले बताए।
‘सेयर किन्न माग्दै आयोजनामा तोडफोड भयो भने यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ,’ उनले थपे।
अहिले नयाँ (जनताको) सरकार रहेको र समयमा काम हुनुपर्ने उनको भनाइ छ।