बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी नदी वारिपारि छन्। यी दुई गन्तव्यबीच ठूलो खोँच भएर बग्ने कालीगण्डकीका कारण ६ वर्षअघिसम्म यात्रा सहज थिएन।
घन्टौं हिँडेर पाङवासी बागलुङ बजार आउजाउ गर्थे।
तर, केही वर्षयता यो यात्रा १० मिनेटमा छोटिएको छ। कारण— कालीगण्डकी नदीमाथि बनेको झोलुंगे पुल।
‘सिंगल स्पान’ मा संसारकै लामो दाबी गरिएको ५६७ मिटर लामो झोलुंगे पुल बनेपछि बागलुङ र पर्वतवासीको यात्रा मात्रै छोटिएको छैन, यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ।
२०७७ सालदेखि सञ्चालनमा आएको पुलले बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङलाई जोडेको छ।
पुल कालीगण्डकीबाट १ सय २२ मिटर उचाइमा छ।
बागलुङ नगरपालिकाले पुलको नाम अंग्रेजीमा ‘गण्डकी गोल्डेन ब्रिज’ र नेपालीमा ‘गण्डकी सुनौलो झुला’ राखेको छ। करिब ९ करोड २५ लाख रुपैयाँमा निर्माण भएको पुल बागलुङ आउजाउ गर्ने पर्यटकको प्रमुख गन्तव्य बनेको छ।
पुल संचालनमा आउनुभन्दा पहिले धेरै पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म पुग्थेनन्।
बागलुङ कालिका मन्दिर, पञ्चकोट, सुरुङभित्र रहेको शालिग्राम सङ्ग्रहालयसहित ‘गण्डकी गोल्डेन ब्रिज’ पनि आजकल पर्यटकको रोजाइँ बनेको छ।
पर्वतबाट बागलुङतर्फ नआई सिधै म्याग्दी र मुस्ताङ जान कालिगण्डकी किनार पनि बाटो छ। मुस्ताङ र म्याग्दी जाने पर्यटकले यो पुललाई पनि गन्तव्य बनाएको भेटिन्छ।
पुलमा फोटो खिच्ने, टिकटक बनाउनेहरु भेटिन्छन्। खासगरी बिदाको समयमा पुलमा सयौँको संख्यामा पर्यटक आउँछन्। बागलुङ झोलुङ्गे पुलको जिल्लाका रूपमा पनि परिचित छ।
तस्बिरहरूः
-ink-1789882902.jpeg)

-ink-1789882901.jpeg)
-ink-1789882901.jpeg)
-ink-1789882901.jpeg)
-ink-1789882901.jpeg)
-ink-1789882901.jpeg)
-ink-1789882901.jpeg)
-ink-1789882900.jpeg)
-ink-1789882900.jpeg)
-ink-1789882900.jpeg)
-ink-1789882902.jpeg)
-ink-1789882902.jpeg)
-ink-1789882902.jpeg)
-ink-1789882902.jpeg)
सबै तस्बिरहरू: डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी