सरकारले स्रोत नखुलेका विदशी लगानीको खोजी गरेको छ। उद्योग मन्त्रालयअन्तर्गत गत कात्तिक १६ मा औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डले स्वीकृति नलिएका विदेशी लगानीलाई खोज्ने निर्णय गरेको थियो।
सोही अनुरूप उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईको नेतृत्वमा ८ सदस्यीय समिति गठन भएको छ। भट्टराईकाअनुसार समितिले सूचना निकाल्न विभागलाई पत्र काटेको थियो।
उद्योग विभागले २१ दिनको म्याद सहित सूचना निकालेको छ।
राष्ट्र बैंक र उद्योग विभागबाट स्वीकृति नलिई गरिएको लगानी विवरण २१ भित्र पठाउन आग्रह गरेकाे छ।
सूचनाअनुसार उद्योगीहरूले उद्योगको नाम, ठेगाना, विदेशी लगानीकर्ताको नाम, देश र मिति खुलाएर विभागमा पेश गर्नु पर्नेछ।
नेपालमा विदेशी लगानीको स्वीकृति दिने प्रक्रिया सुरू हुनुपूर्व आएका
लगानीको विवरणसमेत दिन विभागको आग्रह छ।