‘आइएमइ पे’ र बिराटचोक मोरङ्गस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीबीच सम्झौता भएको छ।
सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेटमार्फत भुक्तान गर्न सक्नेछन्।
सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले हस्ताक्षर गरे। यस सम्झौताबाट ६ हजार घरधुरी लाभान्वित हुने बताइएको छ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७, ०५:२८:२५