हालै नेपालमा आएको विनाशकारी भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित पीडितहरूको लागि नेपाल भ्यालुयर्स एसोसिएसनले १० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपाल भ्यालुयर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर संजय कुमार महतो नेतृत्वको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० लाख रूपैयाँको चेक हस्तान्तरण गरेको हो।
भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एसोसिएसनले उक्त रकम उपलब्ध गराएको जनाएको छ।