इलाइट सोलुसन प्रालिले रसुवा बाढीबाट प्रभावितका लागि दस लाख रूपैयाँ सहायता प्रदान गरेको छ।
प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रूपैयाँ जम्मा गरेको हो। कम्पनीले उक्त सहयोग रकम अर्थ मन्त्रालयमार्फत हस्तान्तरण गरेको छ।
यस अवसरमा कम्पनीका प्रतिनिधिहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी सहयोग रकम हस्तान्तरण गरेका थिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत त्रिशक्ति जोशीले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस सहयोगले विपद्को समयमा समुदाय र राष्ट्रप्रतिको कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताए।
'सूचना प्रविधि सेवाको क्षेत्रमा काम गर्दै गर्दा हाम्रो जिम्मेवारी व्यवसाय र प्रविधिमा मात्र सीमित हुँदैन। समुदायलाई आवश्यक परेको समयमा सहयोग गर्नु पनि हाम्रो सामाजिक दायित्व हो,' उनले भने।
इलाइट सोलुसनले बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी तथा स्वास्थ्य क्षेत्रका लागि एटिएम, चेक डिपोजिट मेसिन लगायतका सेवा प्रदान गर्छ।