बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि मिडिया एयर कन्डिसनर्स र एयर एक्सपर्ट्स प्रा. लि. ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३१ लाख रूपैयाँ सहयोग गरेका छन्।
देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएका छन्।
विशेषगरी रसुवा तथा भोटेकोशी नदी आसपासका क्षेत्रमा आएको बाढीले स्थानीय समुदायमा ठूलो असर पुर्याएको छ।
प्राकृतिक विपद्को यस कठिन समयमा प्रभावित परिवारलाई राहत पुर्याउने सरकारी प्रयासमा सहयोग पुर्याउने उद्देश्यले मिडिया एयर कन्डिसनर्स र एयर एक्सपर्ट्सले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेका हुन्।
सरकारी राहत संयन्त्रमार्फत गरिएको यस सहयोगले विपद्बाट प्रभावित नागरिकसम्म राहत तथा सहयोग पुर्याउने प्रयासमा योगदान पुग्ने विश्वास कम्पनीले लिएको छ।
मिडिया एयर कन्डिसनर्स र एयर एक्सपर्ट्सले विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग उपलब्ध गराउनु आफ्नो सामाजिक जिम्मेवारीको एक हिस्सा भएको जनाएको छ।
कम्पनीका अनुसार व्यवसायसँगै समुदाय र समाजप्रतिको जिम्मेवारीलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएको छ।
प्राकृतिक विपद्बाट प्रभावित सबै परिवार तथा समुदायप्रति मिडिया एयर कन्डिसनर्स र एयर एक्सपर्ट्सले सहानुभूति व्यक्त गर्दै यस कठिन समयमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाएको छ।