काठमाडौंको नक्सालस्थित पाँच तारे होटल हिल्टन आगजनीको लामो समयसम्म पनि सञ्चालनमा आउन सकेको छैन।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा हिल्टन होटलमा पनि आगजनी भएको थियो।
होटल जालीले ढाकेर राखिएको छ, मर्मत गरिएको छैन। तोडफोड र आगजनीबाट होटलमा क्षति पुगेको थियो।
हिल्टन होटलको बीमा दाबी प्रक्रियामा त्रुटि देखिएको थियो। करिब आठ अर्ब लगानी रहेको होटलमा बैंक तथा वित्तीय संस्थाहरूको पाँच अर्ब दुई करोड रूपैयाँ कर्जा लगानी छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल बैंक, एभरेष्ट बैंक, नबिल, प्रभु लगायतका बैंकहरूको सहवित्तीय कर्जा लगानी छ।
आगजनी र तोडफोडेसँगै परेको दाबीको छानबिनको क्रममा बीमा दाबी प्रक्रियामा त्रुटि देखिएको थियो।
नेपाल पुनर्बीमा कम्पनीलाई ‘हुलदंगा तथा आतंकवाद जोखिम समूह बीमा’ अन्तर्गत पुनर्बीमा गर्ने गरेर व्यवसाय दिएपनि हिमालयन रि इन्स्योरेन्समा बीमा भएको पाइएको थियो।
यो बीमा प्रक्रिया नै प्रश्नको घेरामा छ। बीमा प्राधिकरणपछि हाल यसमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।
यो होटल करिब ८ अर्ब ३५ करोडमा बनेको थियो। होटल मर्मत कहिलेदेखि सुरू हुने भन्ने यकिन छैन।
तस्बिरहरू-
-1781244916.jpg)
-1781244916.jpg)
-1781244914.jpg)
-1781244914.jpg)
-1781244915.jpg)
-1781244915.jpg)
-1781244915.jpg)
-1781244915.jpg)