Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, फागुन २६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

घरसत्ता

Nmb
Nmb
दिपगणेश वाग्ले

दिपगणेश वाग्ले

gibl
gibl
gibl
gibl
दिपगणेश वाग्ले।
दिपगणेश वाग्ले।
Tata box 1
Tata box 1

नाटक

मानिस जन्मेदेखि मृत्युसम्म कुनै न कुनै रुपमा सत्ता शक्तिको वरिपरी रुमल्लि रहेको हुन्छ। पुराण, इतिहास, सरकार, देश, विदेश सबै सत्ता शक्तिले नै चलेको छ। महाभारतमा कौरव र पाण्डवको युद्धका नरसंहार देश विदेशका गृहयुद्ध, अन्तर्राष्ट्रिय युद्ध सबै सत्ता शक्तिकै लागि भएको देखिन्छ। नाटक विशुद्ध घर सत्तामा केन्द्रित रहेको छ।

पात्र परिचय

पदमपाणीः उमेरले ८७ वर्षको भएँ। ठूलो पनातिको बिहे गरिदिए खनाति पनि देख्छु। खै थाहा छैन, अब मेरो चोला कति छ। कुन दिन घक्रक परेर ओच्छ्यानमा परिन्छ भनेर कुनै छोराछोरी नाति-नातिनीलाई एक कौडी सम्पति देको छैन, (हेप्छन् भनेर)।

हरिमायाः उमेरले चार बिस पाँच लागे। अलि अलि बत्ति काट्छु। टपरी लाउँछु। ठ्यास्स दुई गाँस भात पकाएर खान्छौँ।

रमेशनाथः पदमपाणीको जेठो छोरो, ७० वर्ष वैशाखले लागेँ, यो पालिबाट वृद्ध भत्ता पाउँछु। बाले सम्पति नदिदाँ हेपिएको छु। जीवनकाल घर गृहस्थि मै बित्यो।

रामप्रसादः उमेरले ६४ लागेँ, म माथि दुई दिदी र दाइ छन्। यो पुस्ताको कान्छो, जान्ने बुझ्ने, खरदारमा जागिरे थिएँ।

Premier
Premier

मधुमायाः श्रीमानको नाम काट्न हुन्न। जेठो छोराको स्वास्नी हुम्, सानैमा बिहा भै घर गृहस्थी मै जीवन बिताइयो।

शकुन्तलाः ह्या! म त पोइको नाम भन्दिछु, रामप्रसाद खरदार कि स्वास्नी हुम्।

Ncell
Ncell

पदमपाणीः सबैको परिचय दिदा दिदै नाटकै सकिन्छ कि के हो! अरुको त पछि भनौला है! ल म स्वास्नी भठा जान्छु।

पदमपाणीः ए! रमेशेको आमा गर्दै छौ। अलिअलि पैसा लेउ लेउज्! आज डमौली गएर आम्न पर्यो।

हरिमायाः (अलिक कम सुनेको जस्तो गर्दै) के भन्ना हो।

पदमपाणीः पैसा लेउ भनेको, डमौली पूर्ण गएर आम्न पर्यो। खर खाँचो लिएर आउँछु।

हरिमायाः कति जान पर्यो। अब त छोरा नातिलाई पठाए हुन्छ नि। बुढो मान्छे कति धाउने हो।

पदमपाणीः (पैसा लिदै, दौरा कोट मिलाउँदै) यति नि नगरे फेरि सम्पति लेउ, छुट्टिन्छु भन्छन्, छोरा नाति पनि खर्च लिएर पदमपाणी बा डमौली लागे, पार्टी अफिस तिर पनि गएछन्, नाति नातिनालाई मिठाई जेरि पनि ल्याईदिए। पदमपाणी साना केटाकेटीलाई घर पुग्ने बित्तिकै चकलेट जेरी दिन्छन्। केटाकेटी रमाउँदै खेलेको हेरेर बस्छन्।

रात पर्छ। पदमपाणी भान्छाको चम्कोमा बुर्लुक्क उफ्रेर पिर्कामा बस्छन्। हरिमायाले खाना दिन्छन्, पानी रिगाँउछन्। कायनिवाचा भन्छन्, अग्निलाई खाना चढाँउछन्। पाँच गास पानीसँग खान्छन् अनि थोरै खाना खाई उठ्छन्। खाना खाइ वरि पदमपाणी सुत्नको लागि कोठी तर्फ लाग्छन्।

श्रीमती उनको माला लिइ कोठीमा सुत्न जान्छिन्। बुढाबुढी सीलोक र माला जप्दै ८ बजे सुत्छन्। यता घरका अरु सदस्यहरु सासुहरु खाना खाइ वरि तातो तेल आ- आफ्नो बुढालाई र साना नातिहरुलाई लागाई दिन्छन्।

रामप्रसादः (वीवीसी सुन्दै, दाइसँग भन्दछन्) यो मन्त्री पनि भष्ट्रचार मै मुछियो। व्यासको ठूलो मुर्ति डमौलीमा प्रतिस्थापना हुने भयो रे दाइ?

रमेशनाथः (केही कुरा भनौँ कि नभनौँ झै गर्दै) ह्या भन्छु भन्दै भाइलाई भन्छन्। भोलि बासँग छुट्ट भिन्नको कुरा अर्न पर्यो।

रामप्रसादः भो! छुट्टिनु हुन्न दाइ? बाले राम्रो मान्नु हुन्न।

रमेशनाथः तेरो पो पेन्सन छ। व्यवहार चल्छ! यहाँ घरको बेचबिखन नि बाले नै राख्नु हुन्छ। म सधै काम गर्ने, मैले नि दाम देख्नु पर्दैन? (रिसाउँदै) कि खटन पटन बाले मलाई जिम्मा दिनुपर्यो।

रामप्रसादः दाइ अहिले सुतौं! भोलि दुई दाजुभाइ बा सित बसि कुरा गरौँला।

रमेश र रामप्रसाद पनि आ-आफ्नो ओच्छ्यान तिर लाग्छन।

बेलुका ८ बजे सुतेका पदमपाणी बा बिहान ४:३० बजे उठ्छन्। जनै कानमा राखि सौच गरी स्नान गरी ध्यानमा बस्छन् अनि योग अम्यासमा आधा घण्टा बिताउँछन्।

(पदमपाणी पिढीमा बस्दै)

पदमपाणीः मधु, यता आइजो आइजो, रेडियोले ले भित्रबाट।

मधुमायाः (रेडियो पिढीमा राख्दै, ससुरालाई आँगनको बीचमा घुँडा टेकेर टाउकोमा मजेत्रो राख्दै, शिर झुकाएर ढोगभेट गर्छिन्।)

रमेश गाई भैसी दुहुन बाहनमा लाग्छन्।

रमेशः (दुध बाल्टिनमा बोक्दै)

पदमपाणीः खै! दुध कति छ हेरम्।

रमेशः (दुध देखाँउदै) पाथी एक त छ होला, बहुत् रसिलो छ सेती।

मधुमायाः ल है चिया खान आउछु है।

रमेश रामप्रसाद र पदमपाणी चिया खादै गफ गर्न थाल्छन्।

रमेशः बा! अब घरको व्यवहार मलाई दिनोस्, अब राखन धारन्, हिसाब किताब म चलाउँछु।

पदमपाणीः राम हेर त! तेरो दाइ त सबै मलाई दे पो भन्छ, बुझ् है बुझ्। मैले दिए भने त यसले तलाई मार्छ होला।

रामप्रसादः (दाइले लुट्नै लाग्यो झै गर्दै) हुन्न, हुन्न बा हुन्न दाइलाई दिन हुन्न! पढ्न लेख्न जानेका छैनन्, राम्ररी के हिसाब राख्छन् र? मलाई मार्छन् नि फेरि।

रमेशः तैले पनि बुझ्, मैले घर व्यवहार नहेरेको भए, तँ, पनि खरदार भइ टोपलिन्थिनस्, तैले ठूलो कुरा नअर।

पदमपाणीः तँ, रामे नि दाइलाई नहेप्! रमेश तलाई दुहुन बाहुन खेतको काम सबै मैले छोडिदेकै छु नि! कि मैले गरेको छु?

रमेशः छैन, त्यो त।

पदमपाणीः पैसाको राखन धारान र जग्गा त हो नि मेरो नाममा राखेको, काम त गर्न दे कै छु नि।

रामप्रसादः बा! हिजो, दाइ छुट्टिन्छु भन्थे।

पदमपाणीः ए! छुट्टिन्छु नै पो भनिस्!

रमेशः (अलिक रिसाउँदै) न छोराहरुले फुटेको कौडी दिन्छन्। न बाले, स्वास्नीले नि हेप्छे बाको नि सधैको हप्की दप्की मै माथि हुन्छ। नातिहरु नि बाले केही दिन्नन् भनेर टाढा टाढा भाक्छन्, ल जे गर्नुन्च गर्नुस्! गाह्रो भएछ भने वृद्धाश्रममा गएर बस्छु।

पदमपाणीः (गहभरि आँसु लिदै) म आज होकी भोलि भको बाउले त्यस्तो गर्दिन पिर नअर भाइले जानेछु, बुझेको छु भन्छ। तलाई टेर्दैन, घर भाडिन्छ भनेर मात्रै हो बरै व्यवहार मेरोमा राखेको, म मरेपछि तै तँ हो नि।

रमेशः (रुदै आँसु पुस्दै)

रामप्रसादः बा! तपाई राखन् धरानको काम मलाई दिनोस् म राम्ररी राख्छु।

पदमपाणीः घर एकत्रित हुने योजना जस्को आउँछ उसैले नेतृत्व गर्छ। म मुलि मात्रै भएर बस्छु। श्रीमती, छोरा, बुहारी, नाति, नातिनी, बुहारी जसले राम्रोसँग दावी गर्छ, उसैलाई दिन्छु। कसैको राम्रो नभए म आफै राख्छु।

बाबुछोराको गफपछि दशैमा सबैलाई घरपालिकाको योजना मिटिङ र नेतृत्व मिटिङ पदमपाणीले राख्छन्। सबैलाई श्रीमतीदेखि सानो पनाति सम्म आ-आफ्नो कुरा राख्न लगाउँछन्।

सबै जना आ-आफ्नो गृहकार्यको लागि लाग्छन्।

रमेशः (मनमनै अलिअलि आवाजमा) अब त बाले मलाई नेतृत्व दिनुहुन्छ कि, फेरि यही हात उठाउन लगाए त फेरि रामेको छोराछोरी धेरै छन्, उसैलाई रोज्लान् नि फेरि (दोधारमा) मैले कामै गर्न पाउन्न कि?

घरपालिको मिटिङ सुरु हुन्छ।

पदमपाणीः आ-आफ्नो विचार राख्ने क्रम ठूलोबाट सानोमा जान्छ।

हरिमायाः घर राम्रो हुन्छ भने म दशमीको बेलुकाको छाकबाट बुहारीले पकाएको खान्छु। तर कृष्ण मन्तर छ, शुद्ध बनाएर दिनु। बत्ती काट्न सक्छु, टपरो लाउन सक्छु, सानातिना काम अर्न सक्छु। मेरा दुना टपरो र बत्ती कसैले बेचिदिए म सित नि पैसा हुन्थे। अब बाले छोरा नातिलाई घर व्यवहार दिए हुन्छ।

रमेशनाथः (आमाको कुराबाट हौसिदै, गमिलो पारामा) बापछिको पुरानो भनेको मै हो, हर हिसाब मिलाएर म राख्छु, गाई भैसी पाल्छु राख्छु।

मधुमायाः अलि अलि जान्ने बुझ्ने हुन मन छ। कुँवाको भ्याकुतो जस्तो भैछु। सेलरोटी गाडेको अचार बनाउन जानेको थिएँ। बेचिदिए त मसित नि पैसा हुन्थे।

रामप्रसादः बालाई पैसा दिन नपरे आफ्नो बुढाबुढीको गर्जो टार्थेँ, मलाई घरको जिम्मेवारी दिए सबैलाई तमिजमा राख्थेँ।

सकुन्तलाः सबैले मलाई खरखाँचो टारिदिए त म भान्छाको कामै गरेर बस्थेँ। पोइ खरदार भएनी आफ्नो कमाइ तास खेलेरै सक्नुहुन्छ।

हरिप्रसादः अर्थोपार्जन त मेरो मावि शिक्षक भएकोले राम्रै छ। घरको नेतृत्व त म गर्दिनँ तर आवश्यक सर-सल्लाह दिन्छु। केटाकेटीको शिक्षामा सहयोग गर्छु।

कृष्णप्रसादः बोर्डिङ स्कुलको शिक्षक छु। कमाई नि कम छ। सबैले साथ दिए, कृषि फर्मा दरेता गरेर चलाउँथेँ।

रचनाः म शिक्षिका छु, बिहान बेलुकी घर व्यवहारमा सहयोग गर्छु।

सरिताः हाल म घरमै सीमित छु। घर व्यवहार, घरको कममा व्यस्त छु, अर्थोपार्जन केही छैन, बुढाले दिए त हुने हो नि। त्यही पनि यो घरमा मेरो पनि सपना साकार बनाउनु छ। हामी हजुरवाको आध्यात्मिक चेत, उर्जाशील शक्ति, उत्प्रेरणा हजुरआमाको घरको लागि समर्पण, यो बेला पनि केही गर्छु भन्ने अठोट, बाको कृषि तथा पशुपालनको अनुभव, आमाको अचार रोटीको उत्कृष्टता, सानबाको सरकारी निकायको पहुँच, सानीआमाको भान्छाको स्वादिष्ट खाना, जेठाजु र जेठानी दिदीको शैक्षिक ज्ञानले हाम्रा सन्तती असल र ज्ञान आर्जन गर्ने छन्। यी सबै कुरालाई समेट्दै घरमा आ-आफ्नो श्रमको ६० प्रतिशत घर कोषमा जम्मा गर्ने, धरै कमाउनेको धेरै होला थोरैको थोरै होला, त्यहीबाट नयाँ कामको थालनी, स्वास्थ्य शिक्षा र रोजगारी सिर्जनामा लगाइने छ। विहान सबैले योगअम्यासबाट सुरु गर्ने स्वास्थ्य नै ठूलो धन हो। परिवारमा आपसी सम्मान गर्ने, अन्त्यमा आफ्नो काम आफै गरौँ है।

बाबुरामः सरिता भाउजूको विचारमा सहमत छु तर घर बाहिर हुनेको ६० प्रतिशत नराख्ने कि?

माधवीः होइन होइन बुढा, सरिता दिदीको कुरा ठिक छ। ६० प्रतिशतबाट स्वास्थ्य र शिक्षामा खर्चले पुग्छ नि।

रविचन्द्रः घरको उत्पादनलाई बिक्री गर्न म समय दिन्छु अनि वर्षमा दुई पटक तिर्थयात्रा पनि राख्ने कि?

सिताः मेरो नि डमौलीमा काम छैन। घरको उत्पादन विक्री गर्न पसल खोलौँ, राम्रै होला।

माधवप्रसादः बा, ठुलोबा र हजुरबाले हामीलाई जनै बनाउन सिकाउने कि? यसको घरेलु उद्योग बनाएर बेच्ने कि? कति जनै त चाइना र इन्डियाबाट आउछ रे? यसको व्यापार राम्रै हुन्छ कि?

पनातीहरु एकै स्वरमाः हामी पनि फ्रि-फायर पब-जि टिक-टक फेसबुकमा समय सकिरहेका छौ, हामी नी श्री वृद्धिमा लाग्छौँ। पढाइमा पैसा नि हुने, मायालुलाई रिचार्ज गर्न नि पाइने।

सबै जना हाँस्छन्।

पदमपाणीः आज मलाई साह्रै खुसी लागेको छ कि सबैजना घरको हितको लागि सोचको देख्दा, म परलोक गए पनि घर एक हुन्छ भनि, घरको ढुकुटीको जिम्मा अर्को पुस्तामा हस्तान्तरण गर्न चाहन्छु। जेठोलाई दियो कान्छो रिसाउने, कान्छोलाई दियो जेठो रिसाउने। अब सबैले आफू बाहेक अरुलाई भोट हाल्ने, जसले धेरै भोट ल्याउछ उसले नेतृत्व गर्ने, घर सुधारको लागि मेरो सर्त छ है, अब सबैले आफुले खाएको भाँडा आफै माझ्ने, है सहमत छौँ?

सबैलेः सहमत भन्छन्।

पदमपाणीः लुगा धुन मिसिन ल्याउने, पिठपछि कुरा काटे नसिहत दिने, महिनाको एक दिन मिटिङ राख्ने, त्यही मन माम्ने बुहारीले ससुराको पनि झ्याको झार्न नि पाउँछ। बोली चाहि सभ्य हुनुपर्छ है सहमत।

सबैः सहमत।

घरमुलिको चुनाबी नतिजाको परिणाम धोषणा अघि दुई छोरालाई दुई शब्द बोल्न दिन्छन्।

रमेशः आज हाम्रो घरमा एकता र सम्वृद्धिको जुन कुराकानी भएको छ, यसलाई जोगाउनु हाम्रो दायित्व हो। मलाई नेतृत्वमा पुर्याएपनि नपुर्याएपनि म भावि नेतृत्व र घर हितको काम गर्ने छु।

रामप्रसादः यो पुस्ताको जान्ने बुझ्नेको हैसियतले म नै हुन सक्छु, नेतृत्व कर्ता तर म नेतृत्वमा आइन् भने पनि नेतृत्व कर्तालाई हरदम सहयोग हुन्छ। पदमपाणी बाको घर नमुना बनाउन लागि पर्छु।

पदमपाणीः (नतिजाको पोको खोल्छन्) सरिता नातिनी बुहारी अत्याधिक मतका साथ नेतृत्व पाउछिन्, रमेशले त्यसपछिको भोट र रामप्रसाद तृतिय हुन्छन्।

संयोजक सरिता

सरिताः हजुरबा, हजुरआमा, बा, आमा सानोबा सानीआमा जेठाजु देवर देउरानी जेठानी र छोराछोरीहरु मलाई नेतृत्व गर्न दिनुभएकोमा धन्यवाद! मलाई अग्रजहरुसँग मिलेर काम गर्नु छ। मेरो अहमतले होइन म कार्यकुसलता र सहमतिको आधारमा घरलाई अगाडि बढाउने छु। टिकाको भोलिपल्टबाट हजुरहरु सबैले भन्नु भएको कार्य योजना र मेरा कार्ययोजनालाई सँगै अगाडि बढाउने छु।

पदमपाणी बाले आफ्नो घर व्यवहार नातिनी बुहारी सरितालाई दिएको भन्ने गाउँका सबैले थाहा पाउँछन्। त्यो घरको विग्रहमा रमाउदै हिड्ने चुकुली प्रसादलाई असैह्य हुन्छ। चुकुलीप्रसाद पदमपाणी बा र रामप्रसादलाई भेट्न जान्छन्।

चुकुली प्रसादः बा! नमस्कार, सन्चै हुनुहुन्छ।

पदमपाणीः नमस्कार, बाबु सन्चै छु। यस्तै छ बा।

चुकुलीप्रसादः बा मत अनौठो कुरा सुन्दै छु। आजबाट त तपाईकोमा पोथी बास्यो रे भनेर हेर्न आको?

पदमपाणीः (नबुझे झै गर्दै) कुखुरै नपाल्नेका के पोथी बास्छ?

चुकुली प्रसादः नखरमौली बुहारीलाई घर जिम्मा लगाउनु भो रे? सम्पती कुम्ल्याए पोइला जालि नि फेरि, पिण्ड खाने बेला घर न घाटको हुनुहोला? (अझै थप्दै) तपाईका छोराहरु के भका जोइतिग्रेहरु, बुहारीका फरिया भिरेर हिड्न लाईदिए हुन्छ, बा?

पदमपाणीः (रिसाउदै) चुकुलि हेर, तँ जो नारीको कोखमा नौ महिना बसिस्, आधि पेट खाएर सन्तानको लागि खट्ने आमा, श्रीमती, बुहारी र छोरीलाई नानाभाति लान्छाना लाउछन्। बेविचारी, कुपुत्र मनमा हरि छैन (सम्झाउदै) श्रीमतीले घर धान्देकोले तँ आफै फूर्ति लाउदै हिड्न पाछस्। धन सम्पत्ति घर व्यवहारमा के छोरा, के बुहारी सबैको समान हक हुन्छ। ठूलो कुरा नगर हेर्दै जा मेरो घर एउटा नमुना घर हुन्छ।

चुकुलीः (धुर्की लगाउदै) बापछि चुकुलिले भन्थ्यो भन्नोला, तपाईको नाति पनातिहरुको बिहा अरेर स्वास्नी ल्याउन्नन् होला। खै ती पनि स्वास्नीकै घरमा घरज्वाइ हुने त होला नि? तपाईले त आफ्नो घर मात्रै होइन, समाज देशलाई नै भड्खालोमा हाल्ने हुनुभो? अब त नातिहरु पो गर्भवति हुन्छन् होला नि? होइन त बा।

पदमपाणीः (अलिक सम्झाउँदै) हेर! घर व्यवहार घरपालिका बुहारीले हेर्दा मेरा छोराहरु पनि अझै नयाँ-नयाँ सृजनाका खातिर अगाडि बढ्लान्। उन्नति प्रगति गर्लान् विवाह गरेर बुहारी ल्याउनु पर्छ नै भन्ने छैन जाँदा पनि हुन्छ। त्योभन्दा नि बर बधुको संयुक्त बलले प्रतिभाका गाँठा खुल्न सक्छन्। (अलिक हास्दै) तँ पनि निम्छरो तर्फ गर्छस्, प्रकृतिले दिए बोक्ने ब्याउने जस्ले गरेपनि हुन्छ। भयो अब यो बेतुकको तर्फ नगर, घर गएर श्रीमतीलाई सधाए हुन्छ।

चुकुलीः तपै कै घर हो, जे गर्नुन्च गर्नु, त्यै पनि तपैको छोरालाई सम्झाइ दिउला।

चुकुली र रामप्रसादको भेट हुन्छ। रामप्रसाद, बाबुलाई चुकुलिको कुरा मन नपरेकोले त्यहाँ कुरा गर्ने मन गर्दैनन्।

चुकुलीः ए रामप्रसाद! तेरो बा लाई सम्झाएस्।

रामप्रसादः चुकुलि भयो म कुरा गर्न म्याउन्न।

चुकुलीः बाको मति बिग्रियो भनेर तँ पनि त्यही कुराको सति जान्छस्?

रामप्रसादः ओइ मलाई अति नगर, फेरि तेरो तो कार्यालयको कामै गरिदिन्न नि हेर?

चुकुलीः ए ल ल.. म गएँ।

चुकुलीले पदमपणी बाको घर बिग्रीयो भन्दै हिड्छन्। कतिलाई त यो उपेरमा बुढाले नातिनी बुहारीलाई कान्छी बनाउने रे! कतिलाई त सरिता पोइला जान्छे रे भन्दै हिड्छन्।

बुहारी सरिताको जिम्मामा घर व्यवहार भएको पनि एक महिना भयो। घर पलिकाको मिटिङमा आफ्नो आफ्नो कुरा गर्छन्।

पदमपाणीः मैले मेरो खातामा भएको सम्पूर्ण रकम रमेश र सरिताको संयुक्त खातामा जम्मा गरेको छु। यो महिना मेरो प्रवचन र कर्मकाण्डबाट आको पैसा नि १५ हजार रैछन्। यसको नियम अनुसारको काटेर देउ है सरिता।

सरिताः हजुरबादेखि पनातिसम्म सबैको आयो तर सानोबुवाको आको छैन।

रामप्रसादः ए मेरो छैन, सकियो?

पदमपाणीः रामप्रसाद नियम सबलाई हो। ६० प्रतिशत आम्दानि कोषमा राख् तँ झन् राष्ट्रको तनखा खानेले दुरुपयोग गर्न हुन्छ? सुध्रिनु पर्यो।

रामप्रसादः ल ल, अर्को महिनाबाट आँउछ।

सरिताः सबैजनाले आ-आफ्नो ठाँउबाट राम्रो गर्नु भा छ। पहिलो महिना भएर होला च्वास्स चुस्स बढी नै सुनेँ, मैले नि बाहिर तर जे छ महिना भित्रको राम्रा नराम्रा सबै यहाँ भन्नु होला। सुधारेर जानुपर्छ तर बाहिर कुरा काट्नु हुन्न।

रामप्रसादः सरिता तिमी त पोइला जान लाइछौ रे भन्छन् त?

सरिताः (हाँस्दै) बा म दुई छोराछोरीको आमा, जसको यो घरभन्दा अरु दिमागमा छैन। हुन त कुरा काट्ने नै काम गर्नेको होनी सानबा?

सकुन्तलाः (हाँस्दै) बुहारीको काम अर्याइ पर्याइ त कस्तो कस्तो लाग्ने।

रमेशः सबैले राम्रो गरेका छन्। बुहारी त झन नमुना, यो पालि मलाई नि अझै केही गर्छु होला जस्तो लाग्छ। यस्तो भयो भने म अब घरपालिका हैन टोल र गाँउपालिकाको नेतृत्व गर्न सक्छु भन्ने ला छ। अरुलाई असल बन्न भन्नु पहिला आफू पो नमुना बन्न पर्दो रैछ। सरिताको इमान्दारीता, लगनशीलता, विनयशीलता र स्पष्टताले यो सब भएको हो।

हरिमायाः (खुसी हुँदै) बुहारीको भन्छा त मिठो हुँदो रैछ। मसित पैसा अलि अति छन् दान अर्नुपर्ला।

सरिताः हामी घरपालिकामा नयाँ अभ्यासको खातिर छौँ। त्यसैले बाहिरबाट हामीलाई बिग्रह गराउन खोज्ने पनि छन्, सिक्न खोज्ने पनि छन्। यसरी नै छलफल सहकार्य सहमतिका साथ काम, मनोरन्जन, आराम गर्दा हामीलाई सन्तुष्टि मिल्छ। सन्तुष्टिले स्वास्थ्य राख्छ, स्वास्थ्य हुँदा दीर्घजिवी भइन्छ। घरपालिकाको असल कुरा हामी समाज अनि देशमा फैलाउ, जसले असल शासन हुन टेवा मिल्छ।

पदमपाणीः असल थिति र नीतिले हाम्रो घर टुक्रिनबाट जोगियो, के परिवार छुट्टिएरै बस्नुपर्छ र? के मान्छले धन सम्पत्ति मरेर लान्छ र? मान्छे मरे नि थिति मर्दैन नीति मर्दैन? थिति बसालौ एकतामै बल हुन्छ। म वृद्धले भन्ने यही हो बरै, अब म मुक्ति चाहन्छु।

सबै भजन गाउँदै उल्लासमय वातावरणमा मजोरन्जन गर्दै बस्दछन्। त्यसै बीचमा पदमपाणी बा, म मुक्त हुन लागे तुलसीको बोटमा ओच्छ्यान लगाउन भन्दछन्। त्यही सुत्छन्, सबैलाई मिलेर बस है भन्दै देहत्याग गर्छन्।

समाप्त

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १६:५५
सिफारिस
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

खोज्दै...
ढुंगाले हानेको देवदारु!
म कर्णाली हुँ!
वैद्य बा!
हे वसन्त! त्यो हाम्रो तीव्र आकर्षण थियो कि प्रेम?
निस्तब्धताको उज्यालो क्षण!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP