Ncell
Setopati
x
Skoda
Setopati
x
Skoda
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, फागुन १, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

सहर

Nmb
Nmb

सन्तोश शर्मा

असार २२
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

कविता

टलक्कै टल्केको ऐना जस्तो
जताततै उज्यालै उज्यालो
सहर को कोलाहल भित्र
एक झोलामा सपना
अर्को झोलामा जोश बोकेर
छोरो सहर पसेको छ।

सहर पसेको दिन
छोराले मान्छे हरूको भाग्य सोच्यो
सहरका मान्छेहरूलाई एउटा भाग्यवादी फेता लगाइदियो
आफूलाई तल धेरै तल उभ्यायो
धमिलो पानी थिग्रिएर गिलासको पिँधमा जमेको जस्तो,
थिचिएको आभास गर्यो
मान्छे मान्छे बीच यति धेरै
भिन्नता उसले देख्नै पाएको थिएन

दिनहरू बित्दै जाँदा सहरमा
काम पायो, दाम पायो
नयाँ लुगा फाटो अब टलक्कै टल्क्यो ऊ पनि सहर जस्तै
र आफूलाई पनि उत्रिएको महसुस गर्‍यो गिलासको पिँधबाट
अथवा ऊ अब गाउँले रहेन।

सहरमा छोरोले
बा देखेन, आमा देखेन
नाता देखेन, साथी देखेन
सहरमा देख्यो केबल रहरहरू
महलहरू
एक्ला एक्लै उभिएका अग्ला महलहरू
हो तेस्तै देख्यो एक्ला एक्लै बाँचेका मान्छेहरू।

सहर त भोकै देख्यो
सहर त  नाङ्गै देख्यो
भाग दौडहरू देख्यो
सहरमा
फेसनले लाजै मर्दो सहर
आफूलाई कहाँ देख्यो कहाँ भेट्यो
थाहा छैन
निरन्तर सहरलाई रहर र सपना मानी रह्यो।

घुल्दा घुल्दै पानीमा नून जस्तो
दिनको जून जस्तो
ऊ बेखबर बेहिसाब
सहरभित्र पस्दै गयो
ऊसँग टाँसिएको गाउँ
बिस्तारै बिस्तारै टक्ट्किदै गयो
अब उसले सोच्यो
ऊ पनि सहरिया भयो।

Premier
Laxmi bank
Premier
Laxmi bank

सहर पस्नु र सहरको खरानी घस्नु
एकदम फरक हो
उस्ले बुझेन होला
सबै खरानी एकै चोटि घस्यो
च्यातिएको पाइन्ट लगायो
नाक छेडेर फूली लगायो
सहर भित्र पसेको भोलि पल्टै
उसले हातमा सिगरेट समायो 

आधा रातमा रक्सीले मात्तिएर सडकमा रात कटायो
बैशको एक तारे बाजामा
मज्जाले नाच्यो
मच्चियो र थाक्यो
उसले सहरलाई आफ्नै हातले छाम्यो
कति तातो काखहरूमा निदायो
कति चिसो रातहरूमा निदायो
सहर सोचे जस्तो भेट्यो
सहर नसोचे जस्तो भेट्यो
कसैलाई बताएन।

Ncell
Ncell

सम्झिएन बाको खुर्पेटो
सम्झिएन मुखियाको तम्सुक
सहर छिरेदेखि सुम्पेको घरको
छानोमा कुर माकुर गरिरहेछन्
मुखियाका परेवा हरू।
आमालाई परेवा धपाउन
ब्याजले थिचेको छ।
बेखबर छ छोरो
अचेल बा आमा, छोरो भन्दा
मुखिया सम्झिरहन्छन्
झस्किरहन्छन्।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १२:५०
सिफारिस
फेरि डुबायो नेपाललाई मध्यक्रमको ब्याटिङले
फेरि डुबायो नेपाललाई मध्यक्रमको ब्याटिङले
इटालीको स्पिनमा फस्दा नेपाल १२३ रनमै अलआउट
इटालीको स्पिनमा फस्दा नेपाल १२३ रनमै अलआउट
इटालीविरुद्धको खेलअघि पूर्वक्रिकेटर पृथु बाँस्कोटाले मुम्बईबाट गरेको विश्लेषण यस्तो छ (भिडिओ)
इटालीविरुद्धको खेलअघि पूर्वक्रिकेटर पृथु बाँस्कोटाले मुम्बईबाट गरेको विश्लेषण यस्तो छ (भिडिओ)
बंगलादेशमा मतदान केन्द्रमै झडप, बिएनपी नेताको मृत्यु
बंगलादेशमा मतदान केन्द्रमै झडप, बिएनपी नेताको मृत्यु
भक्तपुर–१ मा लगातार बजिरहेको मादल
भक्तपुर–१ मा लगातार बजिरहेको मादल
नेपालविरूद्ध इटालीले जित्यो टस,  नेपाली टोलीमा एक परिवर्तन
नेपालविरूद्ध इटालीले जित्यो टस, नेपाली टोलीमा एक परिवर्तन
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

ढुंगा जस्ता मान्छेहरू!
खै के हो आजकल त!
यस पटक मैले हालेको भोटले...
आऊ, अब मसँग पनि भोट माग!
सुन्दर मेरो देश!
मेरो देश!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP