Ncell
Setopati
x
Skoda
Setopati
x
Skoda
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, फागुन १, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

विरूप तिहार

Nmb
Nmb

प्रशिद्ध देवकोटा

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1
Laxmi bank

Laxmi bank

Ncell

Ncell

कविता

नेपालीहरूको महान चाड रे तिहार,
किन आउँछ यो चाड बारबार? 
प्रत्येक वर्ष लगातार,
पात्रोमा यी दिनहरू किन मेटिएनन्
साँच्चै, इतिहासको कालखण्डमा यो चाड सुरू गर्ने मानिसको मष्तिष्कबाट यो भद्दा सोच किन स्खलित भएन?
किन पतन भएन?
वा यी दिनहरूमा म किन शालिक हुन सक्दिनँ?
किन कठोर हुन सक्दिनँ,
चट्टान जस्तो?
यी प्रश्नहरूको सिलसिलाको क्रम अनि,
झिलिमिली घरमा नटाँगेको क्रम पनि ठ्याक्कै ८ वर्ष पुगेछ,
झिलिमिली बत्ती हालेपछि,
घरभन्दा तिम्रो मुस्कानको चमक ज्यादा लाग्थ्यो,
तब तिहार आएझैं लाग्थ्यो,
रङ्गोली बनाइसकेपछि,
छिमेकीको घरघरै पुगेर,
घर फर्केर भन्ने गर्थ्यौं, 
सबैभन्दा हाम्रो रङ्गोली राम्रो भएछ,
तब तिम्रो मुहारमा आएको सन्तुष्टिको रङ्ग रङ्गोलीको रङ्ग भन्दा ज्याद सुन्दर लाग्थ्यो,
अनि तिहार आएझैं हुन्थ्यो,
कुकुर तिहारमा म जति मायामा, समर्पणमा वफादारिता निभाउने कोही छैन मेरो पूजा गर भन्थ्यौ,
तब तिहार आएझैं लाग्थ्यो,
काग तिहारमा ठट्टा गर्दै,
तँ जन्मेसी मेरो माया आमाबुवाबाट खोसियो 
जसरी कागले कोइलीको गुण खोस्छ, 
भनेर काग तिहारको शुभकामना दिन्थेँ,
तब तिहार आएझैं लाग्थ्यो,
गोवर्द्धन पूजामा बाहुनको नाकको पूजा गरिनुपर्ने दिन भन्दै रमाइलो गर्थ्यौं,
लक्ष्मी पूजामा आजको दिन लक्ष्मीको अगाडि पैसा चढाउने भनेर मलाई पैसा दिन्थ्यौ,
अनि भोलि दिन्नँ म भन्दै धम्की दिन्थें 
तब तिहार आउँथ्यो,
भाइटीकामा तिमीले लगाएको टीका सधैं सिधा हुन्थ्यो,
तर कसरी कसरी मैले लगाइदिएको टीका बाङ्गो हुन्थ्यो,
तिमी रिसाउँथ्यौ,
अनि बाङ्गो टीका हुनेको भाग्य बलियो हुन्छ भन्दै मान्यता र कथनको आडमा तिम्रो चित्त बुझाउँथें,
तब तिहार आउँथ्यो,
साँच्चै भाग्य बलियो रहेछ, तर भगवानको,
यति छिट्टै तिमी जस्तो मान्छे कमाए,
अचेल मलाई तिहार आउँदा 
आँखै दुख्ने, बहुलठ्ठी चमक
छालै पोल्ने, टन्टलापुर दिन,
कानै बहिरो हुने, विरूप आवाज,
टड्कारो वेदनाको चिच्याहटको दिवस आउँछ
दोहोरिएर, प्रत्येक वर्ष
अचेल तिहार मलाई, घिन लाग्ने रङ्गहरूको सम्मिश्रण बोकेर आएको जस्तो लाग्छ,
साँच्चै यी कहालीलाग्दा दिनहरूमा मलाई बाँच्नै कस्तो लाग्छ!

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १३:३५
सिफारिस
फेरि डुबायो नेपाललाई मध्यक्रमको ब्याटिङले
फेरि डुबायो नेपाललाई मध्यक्रमको ब्याटिङले
इटालीको स्पिनमा फस्दा नेपाल १२३ रनमै अलआउट
इटालीको स्पिनमा फस्दा नेपाल १२३ रनमै अलआउट
इटालीविरुद्धको खेलअघि पूर्वक्रिकेटर पृथु बाँस्कोटाले मुम्बईबाट गरेको विश्लेषण यस्तो छ (भिडिओ)
इटालीविरुद्धको खेलअघि पूर्वक्रिकेटर पृथु बाँस्कोटाले मुम्बईबाट गरेको विश्लेषण यस्तो छ (भिडिओ)
बंगलादेशमा मतदान केन्द्रमै झडप, बिएनपी नेताको मृत्यु
बंगलादेशमा मतदान केन्द्रमै झडप, बिएनपी नेताको मृत्यु
भक्तपुर–१ मा लगातार बजिरहेको मादल
भक्तपुर–१ मा लगातार बजिरहेको मादल
नेपालविरूद्ध इटालीले जित्यो टस,  नेपाली टोलीमा एक परिवर्तन
नेपालविरूद्ध इटालीले जित्यो टस, नेपाली टोलीमा एक परिवर्तन
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

ढुंगा जस्ता मान्छेहरू!
खै के हो आजकल त!
यस पटक मैले हालेको भोटले...
आऊ, अब मसँग पनि भोट माग!
सुन्दर मेरो देश!
मेरो देश!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP