कर्मको कुरा गर
धर्मको कुरा गर
दानको कुरा गर
मानको कुरा गर
जमानको कुरा गर
इमानको कुरा गर
अविवेकी कुरै नगर
गर्न त राम्रा कुरा गर
तर
हावा कुरा नगर।
लिएपछि दिने कुरा गर
दिएपछि लिने कुरा गर
दुःखका कुरा गर
सुखका कुरा गर
दयाको कुरा गर
मायाको कुरा गर
नकारात्मक कुरै नगर
गर्न त राम्रा कुरा गर
तर
हावा कुरा नगर।
छर-छिमेकीका कुरा गर
सर-सहयोग दिने कुरा गर
सकिने कुरा गर
मेलमिलाप र मित्रताको कुरा गर
परोपकारी कुरा गर
समाज भड्काउने कुरै नगर
गर्न त राम्रा कुरा गर
तर
हावा कुरा नगर।
जीवन र जगतका कुरा गर
प्रकृति र मानवताका कुरा गर
मातृत्व र भातृत्वका कुरा गर
रोग र भोकका कुरा गर
हिंसा र अहिंसाको कुरा गर
युद्ध र शान्तिका कुरा गर
काबु बाहिरको कुरै नगर
गर्न त राम्रा कुरा गर
तर
हावा कुरा नगर।