खोस्नुको पनि सीमा हुन्छ
खोसिनुको पनि सीमा हुन्छ
खोस्दा खोस्दै
खोस्नेहरूकै खोसिन सक्छ
एक दिन एक रात
एक बर्बर इतिहास
अरे यार!
लुट्नुको पनि सीमा हुन्छ
लुटिनुको पनि सीमा हुन्छ
लुट्दा लुट्दै
लुट्नेहरूकै लुटिन सक्छ
एक दिन एक रात
एक बर्बर इतिहास
फरक त यति मात्र रहिछ
खोस्ने र खोसिनेहरूबिच
मान्छे एउटो अर्को महामानव
एउटो हिंस्रक अर्को असल
एक अटेरी अर्को आज्ञाकारी
एक थरी आँखा चुहाउँदै
आफै पग्लिन्छन्/सकिन्छन्
अर्का थरी आँखा तर्छन्
र समयसँगै सग्लिन्छन्/पन्छिन्छन्
एउटो राम्रो भएर दुखी छ
अर्को खराब भएर खुसी छ
उभिनलाई सोझोसँग छैन आँट
उठेर धुलो टकटकाउन
चतुरलाई छ अनेक साथ
अरे यार!
खोसिनेहरूले किन गुम्साए?
यतिका वर्ष आफ्नै मन
फक्राउन मुस्कान
समय लाग्छ दमन विरुद्धको बम!