तिम्रा नेतालाई आँखा चिम्लेर विश्वास नगर
प्रश्न गर, जबाफदेही बनाऊ
मानिसलाई मानिस बनाऊ
भगवान् बनाउनु पर्दैन
सचेत नागरिक बन
अन्धभक्त झोले नबन।
अहिलेको नेपालको राजनीतिमा
न गगन एक्लैले,
न बालेन एक्लैले
सरकार बनाउने अवस्था नआउला
यदि उद्देश्य एउटै हो- देश बनाउने
मिल्न पनि सिक्नुपर्छ
त्यसले नेपाललाई नेपाल नै बनाउने हो
न कि युक्रेन वा सिंगापुर।
चुनाव आउँदा, सबै घरदैलोमा पुग्दै
विकासका एजेन्डा सुनाउँदा
आशा पलाउनु स्वाभाविक हो
सत्ता नपाउँदासम्म
सबै इमानदार देखिन्छन्
त्यसैले सधैँ सचेत रहनुपर्छ
आफ्ना नेतालाई प्रश्न गरिरहनुपर्छ
नेता होइन, कानुन सर्वोच्च हुनुपर्छ।
त्यसैले,
तिम्रा नेतालाई मानिस बनाऊ
भगवान् नबनाऊ
र तिमी
सचेत नागरिक बन
अन्धभक्त झोले नबन।