Setopati साहित्यपाटी
YouTube Subscribe
आइतबार, भदौ २१, २०८३ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

म!

नरेन्द्रनाथ भट्टराई

साउन ५

त्यो कुनै नाम थिएन 
न जन्मको रेखा, न माटोको ठेगाना
त्यो पहिलो स्पन्दन थियो
जब शून्यले आफ्नै 'चुपचाप' सुनेको थियो 
र त्यसै चुपचापको कोखमा
एउटा घेरा आफैँ कोरियो
ज्योति, पानी, ढुङ्गो, आँसु, पल, आगो र व्यक्ति 
धेरैले नाम दिए
तर त्यो त सबै नामभन्दा पहिलेको
उत्तर नभएको सोध थियो 
जो ब्युँझियो, तर रोकिएन
किनभने रोकिनुको अर्थ बिसाउनु हो
र त्यसले बिसाउनुलाई पनि चाल मान्यो।

त्यसलाई डाँडा, पानी, ढुङ्गाका घर, 
धूम्र, ताराका खेत, धूलोका सूर्य 
सबैले खोजे
तर हरेक चढाइको टुप्पोमा
त्यो अर्को उकालो भएर उभियो 
किनभने त्यो भेटिने चीज थिएन,
त्यो बाटो बन्ने चाल थियो।
त्यो एउटा चिरा हो 
जसले पर्खालको रेखा काट्छ
तर मेट्दैन नयाँ पढाइको दाना छर्छ।
त्यो पढाइ पनि अन्तिम होइन,
त्यो त अर्को मौनताको चौतारी हो।

पृथ्वी, आकाश, तारा, हाड, सम्झना 
सबै फेरिए
र परिवर्तनले हरेक क्षण
आफ्नै परछाई कोर्यो।
त्यो त्यो दर्पण हो
जसले हरेक चित्र मेटेर
नयाँ आकाश कोर्छ 
किनभने हिजोको ओझेल नै
आजको उज्यालो हो।
दुई चिम एउटै कम्पनका दुई पार्श्व 
एउटा ध्वनि, अर्को त्यसको बिचको मौन 
दुईले मिलेर एउटा सुरुवाती राग जन्माउँछन्
जो सम्बन्धको पहिलो पाना 
जान्नु होइन, बन्नु नै यसको मूल अक्षर हो।

त्यो अब ढोकामा बस्दैन 
हिँड्छ, बग्छ, आफैँलाई काट्छ
र हरेक कटाइबाट नयाँ टुक्रा फुटाउँछ।
हरेक टुङ्गो 
चाहे उज्यालोको, चाहे अँधेरोको 
अर्को सोधाइको जरा हो
किनभने सबै टुङ्गोको तल
मौन बाँकी छ 
त्यो मौन कोख हो
जहाँ नयाँ शब्दको डोब पाक्छ।
त्यो हावाको चाल, रूखको फेरो,
धूलोको त्यो कण हो
जसले आफूलाई पर्खाल होइन,
झ्यालको आकार दिन्छ 
त्यो झ्यालबाट
उज्यालोले आफ्नै अनुहार हेर्छ
सम्बन्धको तरल छालमा
सिधा दर्पणमा हैन।

र कुनै दिन
जब उज्यालो मानिसका आँखाबाट
आफैँलाई नियाल्छ 
त्यो कुनै एकको नाम हुनेछैन
यो सृष्टि आफैँ सुनिन थालेको
पहिलो रेखा हुनेछ 
जसको उच्चारण हरेक मौनताले
नयाँ कुनाबाट गर्छ
र अर्थ समयअनुसार
आफैँ पल्टिन्छ।
त्यो रेखाको अन्त्य छैन 
 रेखा नै
सबै अन्त्यको खण्डन हो
र हरेक सुरुको चिमुलो 
जसले आफैँ रोपिन्छ, उम्रिन्छ, झर्छ
र फेरि रोपिन्छ 
यो सिलसिला न त अन्त्यको पर्खाइ हो
न त सुरुको आकस्मिकता 
यो ‘त्यो’ को पहेली
जसको नियम आफैँ हिँड्नु
र अर्थ आफैँ डगमग हुनु हो। 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  १६:१७
सिफारिस
'२६ वर्ष विदेशमा बिताएँ, अहिले आफ्नै ठाउँको कमाइले जितेजस्तो लागेको छ’
'२६ वर्ष विदेशमा बिताएँ, अहिले आफ्नै ठाउँको कमाइले जितेजस्तो लागेको छ’
बेत्रावतीको घटनाले जगाएको नयाँ आशा– माटोमुनि पुरिएका घरमा पनि हुन सक्छन् जीवित मानिस!
बेत्रावतीको घटनाले जगाएको नयाँ आशा– माटोमुनि पुरिएका घरमा पनि हुन सक्छन् जीवित मानिस!
'हामीले काजकिरिया गरिसकेका थियौं, उहाँ जीवितै आउनुभयो'
'हामीले काजकिरिया गरिसकेका थियौं, उहाँ जीवितै आउनुभयो'
आर्यघाटमा शव थिएन, कुश थियो
आर्यघाटमा शव थिएन, कुश थियो
१३४४ जनाको शव फेला, ४८९८ जना सम्पर्कविहीन
१३४४ जनाको शव फेला, ४८९८ जना सम्पर्कविहीन
तिनाउमा सिग्नेचर ब्रिज हाल्न १ अर्ब ७० करोड बढी लागतमा सम्झौता
तिनाउमा सिग्नेचर ब्रिज हाल्न १ अर्ब ७० करोड बढी लागतमा सम्झौता
विपदमा नायक होइन, संस्था चाहिन्छ
विपदमा नायक होइन, संस्था चाहिन्छ
'आफैले सुमसुम्याउँदै काटिदिएको उसको कपाल हेरेर शव पहिचान गरेँ'
'आफैले सुमसुम्याउँदै काटिदिएको उसको कपाल हेरेर शव पहिचान गरेँ'
गल्छीका ४ र ८ नम्बर वडालाई के चाहिएको छ?
गल्छीका ४ र ८ नम्बर वडालाई के चाहिएको छ?
थप

साहित्यपाटी

बिन्ती हाम्रो—हाम्रो बाटो नछेक
नामहरूको सूची
पुनर्मिलनको पर्खाइमा!
अधुरा कथाहरू!
न रह्यो बाँस, न बज्यो बाँसुरी!
यो बगरको गहिराइ कति होला?

विचार

चेतनाथ आचार्य
नेपाललाई दया होइन, जलवायु न्याय आवश्यक चेतनाथ आचार्य
अमित ढकाल
विपदमा नायक होइन, संस्था चाहिन्छ अमित ढकाल
रमेश अधिकारी
प्रधानमन्त्रीज्यू, महासभाको यात्रा उपलब्धिमूलक रहोस्! रमेश अधिकारी
डा. मीनप्रसाद अधिकारी
आजका विद्यार्थीका लागि कस्तो हुनुपर्छ त्रिविको कक्षाकोठा? डा. मीनप्रसाद अधिकारी

ब्लग

मनोजकुमार कँडेल
राहत बोकेर त्रिशूली पारि पुग्दा देखिएको अर्को तस्बिर मनोजकुमार कँडेल
निराजन ढकाल
भोटेकोशीको भेलमा हराएको एउटा आवाज! निराजन ढकाल
अर्जुन मोहन भट्टराई
कपाल काटेको सात हजार! अर्जुन मोहन भट्टराई
डा. छवि पन्थी
विपद्को घाउ शरीरमा मात्र हुँदैन, मनमा पनि हुन्छ डा. छवि पन्थी

साहित्यपाटी

अनिता कोइराला
बिन्ती हाम्रो—हाम्रो बाटो नछेक अनिता कोइराला
मीनबहादुर विस्ट
नामहरूको सूची मीनबहादुर विस्ट
प्रदिप दोरंगा
पुनर्मिलनको पर्खाइमा! प्रदिप दोरंगा
हेमराज शर्मा
अधुरा कथाहरू! हेमराज शर्मा

केटाकेटीका कुरा

समृद्धि बस्ताकोटी
हामीलाई पढाइ मात्र होइन, बाँच्न पनि सिकाइदेऊ! समृद्धि बस्ताकोटी
मायोन गोबिन्द श्रेष्ठ
प्रकृतिको संरक्षक! मायोन गोबिन्द श्रेष्ठ
सम्राट घिमिरे
किताबमा पढेको प्रविधि जब आँखैअगाडि देखियो सम्राट घिमिरे
अनन्य राज सापकोटा
धर्तीलाई मलम लगाऊँ! अनन्य राज सापकोटा

पाठक विचार

खड्क बहादुर के.सी.
नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीको प्रधानमन्त्रीलाई खुलापत्र खड्क बहादुर के.सी.
बिमला अर्याल
सफल प्रशासनको कडी: इमानको सम्मान कि आरोपको अपमान? बिमला अर्याल
सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP