भोटेकोशी-त्रिशूलीमा आएको बाढीमा परी अहिलेसम्म १३४४ जनाको मृत्यु भएको छ।
शनिबार बिहान ५ बजेसम्मको विवरण अनुसार १ हजार ३४४ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
मृत्यु हुनेमा ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरूष छन्। ५०१ जनाको आंशिक शव मात्रै भेटिएको प्रहरीले जनाएका छन्।
बिहानसम्म ४ हजार ८९८ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ८ हजार ६३१ जनाको अहिलेसम्म उद्धार भएको छ।