Setopati साहित्यपाटी
YouTube Subscribe
बुधबार, असोज ७, २०८३ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • फिचर
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

ऐजेरु!

मित्र पाठक `काँचुली`

मित्र पाठक `काँचुली`

असोज ७

एउटा पुरानो पीपल थियो—
पुर्खाहरूको पसिना,
बुबाहरूको सपना
र छोराछोरीको भविष्य बोकेको
समयसँगै
त्यसमा केही ऐजेरु नामका परजीवी उम्रिए।

सत्तामा बसेर
देश बदल्ने कसम खानेहरू
खुले छाती यतै छन्
तर कारखाना बन्द भए,
चुला निभे,
रोजगारी हरायो,
युवाका हातमा डिग्री
र काँधमा पासपोर्ट थमाइयो
उनीहरू बिदेसिए।

आमाहरूले हात हल्लाए—
‘छिट्टै फर्किनू।’
छोराले भन्यो—
‘काम भए बाँच्ने मेसो भए
फर्किन्छु, आमा।’
 
कुर्सीमा बसेकाहरूले
सेवालाई सुविधा बनाए
राजधानी छाड्न नमान्नेहरू बढे
दुर्गमका कार्यालय रित्तिए।

एउटी वृद्धा
तीन दिनको बाटो हिँडेर आइन्—
एउटा हस्ताक्षरका लागि।
जवाफ आयो—
‘भोलि आउनुस्।’
उनले मनमनै भनिन्—
‘मेरो जीवनमा
भोलि कति बाँकी छ र?’

सरकारी कारखानाका मेसिन
धुलोमा निदाए।
प्रमुख फेरिए,
सञ्चालक समिति फेरियो,
सरकार फेरियो—
तर घाटा फेरिएन।

हेटौँडाको चिम्नी
धुवाँ होइन,
उत्तर खोजिरह्यो।
भृकुटी कागज
सुस्ताइरह्यो
गोरखकाली टायर
दगुर्ने दिन गनी रह्यो।

उता बजारमा
महँगी बढिरह्यो।
आमाले चामल नापिन्,
बुबाले औषधिको
मूल्य हेरे,
बच्चाले सोध्यो—
किन दाउराको धुवा खाइछौ?
ग्यासमा मासु पकाऊ के
‘आज मासु पाक्छ?’
आमा मुस्कुराइन्—
‘अर्को शनिबार।’
शनिबार धेरै आए
मासु आएन।

युवाले देशलाई सोध्यो—
‘पढेपछि काम कहाँ छ?’
देश मौन रह्यो।
विमानस्थल बोल्यो र बोलायो पनि
आइज ठुलो जहाजको मज्जा लिग।

गाउँका घरहरू खाली भए,
खेतमा बूढा हातहरू बाँकी रहे
रेमिट्यान्सले
अर्थतन्त्र धान्यो,
तर कसैले सोधेन—
‘कसको काँधमा?’

दोष कसको?
नेताको?
कर्मचारीको?
पत्रकारको?
बजारको?
व्यवस्थाको?
वा हाम्रो पनि?
किनकि
गलत देखेर चुप बस्नु,
झुटो खबरलाई क्लिक गर्नु,
घुसलाई ‘चलन’ भन्नु,
अयोग्यलाई योग्यभन्दा अघि सार्नु— यी सबैले
त्यही परजीवीलाई पोषण दिन्छन्।

तर आशा बाँकी छ
एउटा इमानदार कर्मचारीमा,
एउटा निर्भीक कलममा,
एउटा मेहनती किसानमा,
एउटा अनुसन्धानरत युवामा,
प्रश्न गर्न नछोडेको नागरिकमा
अनि जनताप्रति 
जिम्मेवार बन्ने सरकारमा पनि
किनकि
परजीवीको आफ्नै जरा हुँदैन।

त्यसैले— एउटा–एउटा गरेर
स्वार्थ काटौँ,
मौनता काटौँ,
भ्रष्टाचार काटौँ,
झुट काटौँ।
सायद कुनै दिन
हाम्रा छोराहरूले
विमानस्थल होइन,
आफ्नै देशको बाटो रोज्नेछन्।
कुनै आमाले
‘फर्केर आउनू’ होइन,
‘यतै बस, बाबु’ भन्न पाउनेछिन्।
र त्यो पुरानो पीपल
फेरि हरियो हुनेछ।

त्यसको छहारीमा
एउटा बूढो मान्छे मुस्कुराउँदै भन्नेछ—
‘देश सकिएको थिएन,
थोरै समय लायो होला 
मात्रै ऐजेरुले छोपेको थियो।’ 

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १७:४१
सिफारिस
ठूलो पानी पार्ने प्रणालीले देखाउन थाल्यो प्रभाव
ठूलो पानी पार्ने प्रणालीले देखाउन थाल्यो प्रभाव
एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेमा तेन्जिङ शेर्पालाई कास्य
एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेमा तेन्जिङ शेर्पालाई कास्य
सिट्ठीको भरमा चलेको जीवन!
सिट्ठीको भरमा चलेको जीवन!
बहालवाला ३ सचिव, २ सहसचिव र २ उपसचिवको नजरमा निजामती सेवा विधेयक
बहालवाला ३ सचिव, २ सहसचिव र २ उपसचिवको नजरमा निजामती सेवा विधेयक
लकिङ अवधि सकिन लाग्दा आकर्षक लाभांश प्रस्ताव, लगानीकर्ताले के गर्ने?
लकिङ अवधि सकिन लाग्दा आकर्षक लाभांश प्रस्ताव, लगानीकर्ताले के गर्ने?
सुकुम्बासीलाई हटाएको ५ महिना भयो : स्थायी बसोबास र मासिक खर्च कहाँ पुग्यो?
सुकुम्बासीलाई हटाएको ५ महिना भयो : स्थायी बसोबास र मासिक खर्च कहाँ पुग्यो?
छोराछोरीमाथि हामी आफ्नै डर र डाह त पोखिरहेका छैनौं?
छोराछोरीमाथि हामी आफ्नै डर र डाह त पोखिरहेका छैनौं?
११ जलविद्युत आयोजनाका ८०५ जना श्रमिक–कर्मचारी अझै सम्पर्कविहीन
११ जलविद्युत आयोजनाका ८०५ जना श्रमिक–कर्मचारी अझै सम्पर्कविहीन
पासपोर्ट छपाइको ठेक्का जर्मन कम्पनीलाई दिने निर्णयविरूद्ध आइडिमियाको रिट खारेज
पासपोर्ट छपाइको ठेक्का जर्मन कम्पनीलाई दिने निर्णयविरूद्ध आइडिमियाको रिट खारेज
थप

साहित्यपाटी

अहो!
ऐजेरु!
यसरी देश बन्न सक्छ!
पसिना!
ती कपहरू!
मेरो घरले सबैभन्दा धेरै खोजेको दिन म घर पुग्न सकिनँ भने?

विचार

रामकुमारी झाक्री
महिलाले मान्छे भएर बाँच्न पाउने अधिकारका लागि लडेकी सहाना रामकुमारी झाक्री
रमेश अधिकारी र  डा. विनोद चापागाईं
नेपालमा जलवायु परिवर्तनको अर्थराजनीति रमेश अधिकारी र डा. विनोद चापागाईं
नारायण वाग्ले
दाने दाने पे लिखा नारायण वाग्ले
जयप्रकाश आनन्द
राजतन्त्र अन्त्यदेखि नयाँ संविधानसम्म– गिरिजाबाबुको राजनीतिक मनोविज्ञान जयप्रकाश आनन्द

ब्लग

तारादेवी सुनुवार
हामी अयोग्य कि उपेक्षित? तारादेवी सुनुवार
सन्जिल खनाल
मौनताभित्र १० दिन! सन्जिल खनाल
अनिता कोइराला
प्रज्ञाको मन्दिरमा दुर्गन्धित विचार अनिता कोइराला
बिष्णुकान्त घिमिरे
सफलताको अर्को परिभाषा: आफू माथि पुग्दा अरूका लागि सिँढी बन्नू बिष्णुकान्त घिमिरे

साहित्यपाटी

विद्रोही राम
अहो! विद्रोही राम
मित्र पाठक `काँचुली`
ऐजेरु! मित्र पाठक `काँचुली`
डा. सूरज निरौला
यसरी देश बन्न सक्छ! डा. सूरज निरौला
क्षितिज सर्गम 'रिकेश'
पसिना! क्षितिज सर्गम 'रिकेश'

केटाकेटीका कुरा

शिवांशी खड्का
बाढीले खोसेको हामीजस्तै बालबालिकाको खुसी फर्काऔँ! शिवांशी खड्का
समृद्धि बस्ताकोटी
हामीलाई पढाइ मात्र होइन, बाँच्न पनि सिकाइदेऊ! समृद्धि बस्ताकोटी
मायोन गोबिन्द श्रेष्ठ
प्रकृतिको संरक्षक! मायोन गोबिन्द श्रेष्ठ
सम्राट घिमिरे
किताबमा पढेको प्रविधि जब आँखैअगाडि देखियो सम्राट घिमिरे

पाठक विचार

खड्क बहादुर के.सी.
नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीको प्रधानमन्त्रीलाई खुलापत्र खड्क बहादुर के.सी.
बिमला अर्याल
सफल प्रशासनको कडी: इमानको सम्मान कि आरोपको अपमान? बिमला अर्याल
सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP