प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदका सांसद गगन थापाले गृहमन्त्रीको क्षमतामाथि प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले थारु, मधेशी, दलित, महिला, मुश्लिममाथि सुरक्षा संयन्त्रको व्यवहार विभेदकारी र असंवदेनशील भएको भन्दै गृहमन्त्रीको क्षमताको अभाव हो कि बदनियत? भनेर प्रश्न गरेका हुन्।
‘थारु, मधेशी, दलित, महिला, मुश्लिममाथि खासगरी सुरक्षा संयन्त्रको व्यवहार झन् झन् विभेदकारी र असंवेदनशील बन्दै गएको छ,’ उनले भने, ‘म गृहमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु यो क्षमताको अभाव हो कि बदनियत?’
उनले सर्लाही ईश्वरपुरको घटना विभेद र असंवेदनशीलताको उदाहरण र प्रमाण भएको बताए।
विभेद हटाउन कानुन बनाए पनि सरकारले कार्यान्वयन नगरेको थापाको आरोप छ।
‘हाम्रो राजनीतिक, प्रशासनिक र न्यायिक सुरक्षा संरचना स्वरूपमा असमावेशी तथा व्यवहारमा विभेदकारी रहँदै आएकोले यसलाई बदल्ने संकल्प संविधानमा गर्यौं। त्यही संकल्प कार्यान्वयन गर्न अनेकन कानुन बनायौं, बनाइराखेका छौं,’ उनले भने, ‘तर संसदले बनाएका त्यस्ता कानुनको त्यसबेला अर्थ रहन्छ जुनबेला यो कार्यान्वयन हुन्छ।’
थापा गृहमन्त्री भएपछि कानुन कार्यान्वयन हुनै छाडेको उनले बताए।
‘तपाईं गृहमन्त्री भइसकेपछि झन् उल्टो पो हुन थाल्यो,’ उनले भने।