राप्रपाले रूपन्देही क्षेत्र नम्बर ३ मा गौरव बोहरालाई उम्मेदवार बनाएको छ।
यसअघि रुपन्देही–३ मा हुने भनिएको उपनिर्वाचनमा पनि गौरव उम्मेदवार बन्ने प्रतिस्पर्धामा थिए। गौरव बुद्ध एयरका क्याप्टेन हुन् भने स्वर्गीय दीपक बोहराका जेठा छोरा हुन्।
२०५६ सालदेखि निरन्तर राप्रपामा आबद्ध रहँदै आएका उनले आफ्नो पेसासँगै पार्टी संगठन जोगाउन स्थानीय तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएको राप्रपाका स्थानीय कार्यकर्ताहरू बताउँछन्।