नेकपा एमालेले काठमाडौं–४ उम्मेदवार अझै टुंग्याएको छैन। त्यहाँ नेपाली कांग्रेसमा भर्खरै सभापति निर्वाचित भएका गगन थापा लड्दै आएका छन्। कांग्रेसले उम्मेदवार टुंग्याएको छैन। अहिलेसम्म गगन थापा नै त्यहाँबाट उम्मेदवार बन्ने तयारी छ।
एमालेले पनि कांग्रेसले उम्मेदवार टुंग्याएपछि टिकट छिनोफानो गर्ने तयारी गरिरहेको एक नेताले बताए। ती नेताका अनुसार त्यहाँ पार्टी सचिव राजन भट्टराईको नाम सिफारिस छ। तर उनी चुनाव लड्ने मनःस्थितिमा छैनन्।
उनी चुनाव नउठे काठमाडौं–४ मा एमालेले बूढानीलकण्ठ नगरपालिकाका पूर्वमेयर उद्धव खरेललाई उठाउने तयारी गरेको छ।
‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै निर्णय दिनु भएको छैन। उहाँको निर्णय पखिइरहेका छौं,’ एक नेताले भने।
यी हुन् एमालेले टुंग्याएका ९ जना उम्मेदवार
क्षेत्र नम्बर–१ मोहन रेग्मी
क्षेत्र नम्बर–२ मणिराम फुयाल
क्षेत्र नम्बर–३ रामेश्वर फुयाल
क्षेत्र नम्बर–५ ईश्वर पोखरेल
क्षेत्र नम्बर–६. अमनकुमार मास्के
क्षेत्र नम्बर–७ प्रकाश श्रेष्ठ
क्षेत्र नम्बर–८ राजेश शाक्य
क्षेत्र नम्बर–९ अजयक्रान्ति शाक्य
क्षेत्र नम्बर–१० विनोद श्रेष्ठ