नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कम्युनिष्ट सरकारको विकल्प खोजेको बताएका छन्।
बुधबार तनहुँमा आयोजित राष्ट्रिय जागरण अभियानको कार्यक्रममा उनले कम्युनिष्ट नेतृत्वको सरकारबाट जनता खुसी हुन नसकेको पनि दाबी गरे।
‘यो सरकारलाई दुई तिहाइको समर्थनप्राप्त छ तर जनता खुसी हुन सकिराखेका छैनन्,’ उनले भने, ‘त्यसैले जनताले कम्युनिष्टको विकल्प खोजेको छ।’ कम्युनिष्टको विकल्प कांग्रेस भएको दाबी उनले गरे।
गाउँमा रोगजारी र आम्दानीको व्यवस्था गर्न पार्टी लाग्नुपर्ने उनले बताए। ‘गाउँमा विस्तारै सेवा सुविधाहरू आएको छ। तर आम्दानी र रोजगारी गाउँमा नहुँदा मान्छे मधेश झरे, अरब गए,’ उनले भने, ‘गाउँमै आम्दानी र रोजगारी हुने हो भने गर्मी खान को मधेश झर्छ?’