राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक उम्मेदवार सूची बुझाएको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार ११० जनाको सूची निर्वाचन आयोगमा बुझाइएको हो।
राप्रपाले २०६४ सालदेखि २०७९ सालसम्म अवसर पाएकालाई समानुपातिक उम्मेदवार नबनाउने निर्णय गरेको थियो।
त्यसअनुसार नयाँले अवसर पाएका छन्।
पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले आफू समानुपातिक उम्मेदवार हुन पाउनुपर्ने अडान केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राखेपछि मतदान नै गर्नुपरेको थियो।
कार्यसम्पादन समितिमा लोहनीका पक्षमा धेरै मत खसेन र उनी उम्मेदवार हुन पाएनन्।
राप्रपाका एक नेताका अनुसार खसआर्य र जनजाति पुरूषका लागि उम्मेदवार चयन गर्न मतदान भएको थियो।
‘२०६४ पछि अवसर पाएकाहरूलाई नदोहोर्याउने निर्णयमा पूर्वअध्यक्ष लोहनीले असहमति राख्दै आफू जनशक्तिबाट त्यसबेला सांसद भएकोले यो नियम लागू नहुने बताउनुभएको थियो, यसबारे मतदान हुँदा उहाँलाई उम्मेदवार नबनाउने पक्षमा धेरै मत आयो,’ ती नेताले भने।
यस्तो छ सूची: