संघीय लोकतान्त्रिक मोर्चाले केन्द्रीय मूल समिति बैठक बोलाएको छ।
समिति बैठक मंगलबार मध्याह्न १२ः३० बजे बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यालयमा बस्ने छ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन, राष्ट्रिय सभा सदस्य निर्वाचन र विविध विषयमा छलफल हुने लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन्।