प्रहरीले रुपन्देहीबाट १० लाख युरो नोटसहित पाँच जनालाई पक्राउ गरेको छ।
रुपन्देहीको सैनामैनाबाट उक्त युरो रकमसहित सैनामैना– २ की मीना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङ– २ का गणेश सुनारलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ।
उक्त नोटको नेपालमा कानुनी मान्यता नरहेको प्रहरीको भनाइ छ। सटही नहुने भए पनि उक्त नोटबारे नेपाल राष्ट्र बैंकसँग जानकारी मागिएको रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए।
उक्त नोटको नेपाली झन्डै १२ करोड ७५ लाख रुपैयाँ पर्न जान्छ। पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। उक्त नोट कहाँबाट प्राप्त भयो भन्नेबारे खोजी थालिएको प्रहरी उपरीक्षक थापाले बताए।