नेपालका केही भूभागलाई भारतले आफ्नो नक्साभित्र समावेश गरेको विरोधमा जनकपुरधाममा समेत प्रदर्शन भएको छ।
अनेरास्ववियु जिल्ला कार्य समिति धनुषाको आयोजनामा ‘गो ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ लगायतका नारा लेखिएको कालो ब्यानरसहित प्रदर्शन भएको हो।
भारतले हालै निकालेको नयाँ नक्सामा नेपालको केही भाग आफ्नो देशमा समावेश गरेको विरोधमा र्याली समेत निकालेका थिए।
विरोध र्यालीपछि जनकपुरधामको जनकचोकमा आयोजित कोणसभामा विद्यार्थी नेताहरूले भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी दिएका छन्।
आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्धको नारा समेत लगाएका थिए ।
विरोधमा उत्रिएका विद्यार्थीहरूले अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन्।