अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरणलगायत सामग्री स्वदेश ल्याउन सरकारले निजी क्षेत्रलाई आह्वान गरेको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोनासम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले विदेशबाट उपकरण ल्याउन सक्ने निजी क्षेत्रलाई आह्वान गर्ने निर्णय गरेको हो।
‘अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण सामग्री जसले ल्याउन सक्छ उसलाई आह्वान गर्ने निर्णय भयो,’ सरकार प्रवक्ता युवराज खतिवडाले भने, ‘निजी क्षेत्रले निश्चित दिनमा ल्याउन सक्ने गरी काम गर्न सक्ने देखियो भने समन्वय गरी आपूर्ति व्यवस्थित गर्नुपर्छ।’