प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार भेट भएको छ।
दुई अध्यक्षबीच समसामयिक विषयमा बालुवाटारमा झन्डै डेढ घन्टा कुराकानी भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सेतोपाटीलाई बताइन्।
ओली-प्रचण्डबीच सीमानामा अलपत्र नेपालीको उद्धार, पीडितहरूका लागि राहतको व्यवस्था लगायतका विषयमा छलफल भएको थियो।
चीनबाट स्वास्थ्य सामाग्री ल्याउने क्रममा भएको अनियमितताबारे समेत प्रचण्डले चासो देखाएका थिए।
उनले मिडियामा आएका अनियमितताका समाचाबारे चासो राखेको श्रोतले बतायो।
सरकारले चीनबाट सामान ल्याउने क्रममा अनियमितता गरेको भन्दै ओम्नी समूहसँगको सम्झौता रद्ध गरिसकेको छ।