नेकपा सचिवालय बैठक आज बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजेपछि बस्ने बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिका लागि अपनाइने मापदण्डबारे छलफल हुने बताइएको छ।
त्यस्तै पार्टीको सांगठनिक कामबारेपनि छलफल हुनसक्ने एक सचिवालय सदस्यले जानकारी दिएका छन्।
यसअघि आइतबार पेरिस डाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे छलफल भएको थियो।
सोमबार पेरिसडाँडामा सचिवालय बैठक बस्ने भनिएको बैठक स्थगित भएर मंगलरबार बालुवाटारमा बस्न लागेको हो।
पेरिसडाँडामा बैठक बस्दा धेरै भीडभाड भएको भन्दै सचिवालय बैठक बालुवाटार सारिएको हो।