नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान भवन च्यासलमा बैठक केहीबेर अघि सुरू भएको हो।
यसअघि बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको थियो।
प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको थियो।
१० वटै समूहबाट टोली नेता चयन भएको बताइएको छ। तर उक्त टोलीमा माधव नेपालको साथ छोडेर आएका कोही पनि नेता परेनन्।
प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल,गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले चयन भएका छन्।
नेकपा एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।