प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ।
बिहीबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन्।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँट र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक राखिएको हो।
सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल पनि बनेको थियो। उक्त कार्यदलले सत्ता गठबन्धनका ५ दलका शीर्ष नेतासँग पनि भेटघाट गर्ने तयारी गरेको छ।