विवेकशील साझा पार्टीबाट काठमाडौं क्षेत्र नम्बर २ मा धनेज थापाले उम्मेदवारी दिने भएका छन्।
कृषिविद् थापाले काठमाडौं २ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिने घोषणा गरेका छन्।
शनिबार काठमाडौं २ मा भएको छलफलले नेता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
थापा लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकूलन, विपद जोखिम न्यूनिकरणलगायत क्षेत्रमा काम गर्दै आएका छन्।
विवेकशील साझाका प्रवक्ता प्रकाशचन्द्र परियारका अनुसार काठमाडौं २ का अगुवा, समाजसेवी, पार्टीका नेता र व्यवसायी तथा सर्वसाधारणको उपस्थितिमा काठमाडौं २ मा थापाको उम्मेदवारी अनुमोदन गरिएको हो।
मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।