राष्ट्रपति विद्यादेवी भण्डारीले दसैंमा इच्छुकहरूलाई टीका लगाइदिने भएकी छन्।
असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
अपरान्ह २ बजेदेखि ३ बजेसम्म विशिष्ट व्यक्तिहरूलाई र ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
राष्ट्रपति कार्यालय शितल निवासमा टीका लगाइदिने कार्यक्रम हुनेछ भने त्यहाँ जाँदा पोशाख मर्यादित लगाउनुपर्ने उल्लेख छ।