राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न अनुरोध गरेकी छन्।
'यो सदनमा धेरै चोटि सुनियो चेली। महिलालाई, महिला नेतृलाई चेली भनेपछि पुरूषहरूलाई चेला भन्छौं? भन्या त सुन्या छैनौं। त्यसैले मेरो आह्वान छ महिला नेतृहरूलाई चेली नभनियोस्', शनिबार प्रतिनिधिसभा बैठकमा छलफलको क्रममा भाग लिँदै उनले भनिन्।
यदि आत्मीयता नै छ भने ३३ प्रतिशत न्यूनतम हो ५० प्रतिशत महिला यो सदनमा पठाइयोस् भन्दै उनले अनुरोध गरिन्।
उपसभामुख चयनका लागि प्रतिनिधिसभा बैठक जारी छ।
बैठकमा सांसदहरूले छलफलमा भाग लिइरहेका छन्। उपसभामुख चयनको लागि आज निर्वाचन हुँदैछ।
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९, १५:४३:००