स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने भएका छन्।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि रास्वपाले वाग्लेलाई टिकट दिएको छ।
चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ।
चितवन-२ मा सभापति रवि लामिछाने, तनहुँ-१ मा स्वर्णिम वाग्ले र बारा-२ मा रमेश खरेलले रास्वपाबाट टिकट पाएका हुन्।
उम्मेदवारका रूपमा पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले आफू फेरि नेपाली कांग्रेसमा नफर्किने बताए। उनले आफूले रास्वपामा सदस्य रहेको र पछाडि फर्किने पनि बानी नभएको बताएका हुन्।
‘म रास्वपाको साधारण सदस्यको रूपमा यहाँ उपस्थित छु। पछाडि फर्कने मेरो बानी छैन, अगाडि नै जाने मक्सद लिएर म आएको हुँ,’ उनले भने।
यस्तै पार्टी छाडेको दिन केही महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतलाई पठाएको निजी सन्देशबारे पनि उनले प्रष्ट्याए।
लोकतान्त्रिक पार्टीहरूबीच पछि कुनै समय गठबन्धन, सहकार्य गर्न सकिने तर कांग्रेसमा फर्किन्छु भन्ने उल्लेख नगरेको पनि उनले बताए।
हेर्नुहोस् उनले पत्रकार सम्मेलनमा के भने-
यो पनि हेर्नुहोस्- बारा-२ मा रास्वपाबाट टिकट पाएका पूर्वडिआइजी रमेश खरेल के भन्छन्? (भिडिओ)
रास्वपाको पत्रकार सम्मेलनमा रवि लामिछानेले के भने? (भिडिओ)