नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ठूला भ्रष्टाचार काण्डहरूको फाइल खोल्ने उपयुक्त बेला अहिले भएको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले एक पटक भ्रष्टाचारविरूद्ध कडा नजिर स्थापित गर्नुपर्ने बताए।
‘एक पटक हामीले भ्रष्टाचारका विरूद्ध कडा नजिर स्थापित गर्यौं भने भ्रष्टाचार नियन्त्रणको यो अभियान कोशेढुंगो साबित हुनेछ,’ उनले भने, ‘हामीले चाहेको मुख्य विषय सुशासन हो।’
भ्रष्टाचारविरूद्ध सरकारले अभियान नै सञ्चालन गर्ने बाचा नीति तथा कार्यक्रममा रहेको पनि उनले बताए।
‘नक्कली भुटानी शरणार्थी काण्डलगायत जनताले ठूलो भ्रष्टाचारको आशंका गरेका काण्डहरूको फाइल खोल्ने यो उपयुक्त समय हो,’ उनले भने।
भिडिओ: