प्रतिनिधि सभा बैठक अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ। बिहान सवा १२ बजेपछि सुरू भएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राखिरहेका छन्।
प्रतिनिधि सभा बैठकमा आजै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन्।
प्रधानमन्त्री प्रचण्डको जवाफ पछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।
सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था पनि छ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०, १२:२३:००