जनता समाजवादी पार्टी(जसपा)को प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन्।
जसपा संसदीय दलका नेता उपेन्द्र यादवले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।
'जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको विधान २०७८ को धारा १३(१) अनुसार पर्सा क्षेत्र नं १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने मा.प्रदीप यादव यस दलको प्रमुख सचेतकमा नियुक्त गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ,' संसद सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, 'साथै निजलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन तथा नियमानुसार पाउने सेवा सुविधा उपलब्ध गराइदिने व्यवस्था हुन समेत अनुरोध छ।'
प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।
पर्सा क्षेत्र नं १ बाट निर्वाचित यादव २०७४ मा समेत सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
उनी २०७९ साउनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वनमन्त्री बनेका थिए।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०, १६:५४:००