योगराज ढकाल (रिगल)लाई आममाफी दिएको भन्दै मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा रिगललाई आममाफी दिएको भन्दै सोमबार कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो।
निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले १३ जनालाई नियन्त्रणमा समेत लिएको छ।
विरोध प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवा र अधिकारकर्मीहरूको सहभागिता थियो। उनीहरूले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान–पुलिस एकेडेमी अगाडि ट्राफिकचोकबाट प्रदर्शन सुरू गरेका थिए। रिगलले २०७२ सालमा नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए। हत्या अभियोगमा अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएपछि उनी कारागार मुक्त भएका थिए।
तस्बिरहरू:
-1696836692.jpg?timestamp=1696836693114)
-1696836691.jpg?timestamp=1696836693114)
-1696836691.jpg?timestamp=1696836693114)
-1696836691.jpg?timestamp=1696836693114)
-1696836690.jpg?timestamp=1696836693114)
-1696836690.jpg?timestamp=1696836693114)
-1696836690.jpg?timestamp=1696836693114)
-1696836689.jpg?timestamp=1696836693114)
-1696836689.jpg?timestamp=1696836693114)
-1696836688.jpg?timestamp=1696836693114)
-1696836688.jpg?timestamp=1696836693114)
-1696836687.jpg?timestamp=1696836693114)
-1696836687.jpg?timestamp=1696836693114)
-1696836687.jpg?timestamp=1696836693114)
-1696836687.jpg?timestamp=1696836693114)