प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको शिक्षा प्रणाली परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।
मंगलबार संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले देशको माया गर्नेहरू नै नभएको बताए।
‘पहिले नैतिक शिक्षा हुन्थ्यो, देशको माया इतिहासको माया हुन्थ्यो। अहिले छैन,’ प्रधानमन्त्री प्रचण्डले भने,‘अब शिक्षा पनि परिवर्तन गर्न आवश्यक छ।’
उनले अहिले मुलुकमा रोजगारी नभएका मानिसहरू विदेश नगएको बताए।
‘८० हजार तलब खाने शिक्षक ८० लाख तिरेर किन विदेश गएका हुन्? राष्ट्र प्रेम मर्दै गएको छ,’ प्रचण्डले भने।
प्रधानमन्त्री प्रचण्डले आफूले चाहे जति काम गर्न नसकेको स्वीकार गरे।
‘अझ भष्ट्राचार माथि हान्न मन छ मलाई। भूमाफियामाथि पनि हान्न मन छ,’ उनले भने, ‘के-के काम गरेँ, कहाँ गर्न सकिएको छैन। राष्ट्रका नाम सम्बोधन गर्न चाहेको छु। म जनाताको आशा जोगाउनको लागि बल गर्न खोज्दै छु। यो काम मैले नै गर्नु पर्छ भन्ने ठान्छु।’