नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक भोलि फेरि बस्ने गरी सकिएको छ।
बैठकमा माघ ११ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचन, सरकारको कामको मूल्यांकन र पार्टीको अभियानको समीक्षाबारे पदाधिकारीले बोलेका थिए। आज ती विषयमा छलफल मात्र भएको र भोलि फेरि बैठक बसेर निर्णय गर्ने एक पदाधिकारीले जानकारी दिए।
यस्तै, केन्द्रीय कमिटी बैठक र विधान अधिवेशन माघमा गर्नेबारे छलफल समेत भएको ती पदाधिकारीले बताए।
‘आजको बैठकमा पदाधिकारीले धारणा राखे,’ उनले भने, ‘भोलि फेरि ३ बजे बैठक बसेर निर्णय गरिनेछ।’
पदाधिकारी बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।