प्रधान सेनापति प्रभुराम शर्माले जन्ममितिसम्बन्धी मामिलामा सेनाभित्र कुनै इस्यु नभएको बताएका छन्।
बुधबार बसेको राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।
सेनाका उच्च अधिकारीहरूको जन्ममिति विवाद, फास्ट ट्र्याकलगायत विषयमा छलफल गर्न प्रधानसेनापति शर्मालाई आज बैठकमा बोलाइएको थियो।
पछिल्लो पटक जन्ममिति विवादकै कारण उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका थिए।
रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो। नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिन समेत सुरू भएको थियो।
पाण्डे प्रधान सेनापतिको रोलक्रममा समेत थिए।