पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले देशको राजनीतिले देशमा बसौं बसौं भन्ने स्थिति नभएको बताएका छन्।
आइतबार पाँचौं 'डिस होम १२खरी कथा लेखन प्रतियोगिता–२०८०' विजेताको घोषणा, पुरस्कार वितरण र कथासंग्रह विमोचन समारोहमा बोल्दै श्रेष्ठले राजनीतिका कारण देश छोडौं जस्तो बनाएको बताएका हुन्।
देशमा भइरहेको राजनीतिले कुनै समाधान र निकास नदिएको उनको भनाइ थियो।
‘मलाई के लाग्छ भने राजनीतिले समाधान दिइरहेको छैन। राजनीति जर्जर छ। उत्पादनहीन छ। यसले देशको महिमा बढाउने भन्दा पनि देशलाई पीडा दिएको छ,’ उनले भने, ‘निकास दिएको छैन, प्रोत्साहन दिएको छैन, हौसला दिएको छैन। देशमा बसौं बसौं जस्तो पारेको छैन, देश छोडौं छोडौं जस्तो बनाएको छ।’