नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको संस्थापनइतर समूहले काठमाडौंको बत्तिसपुतलीमा भेला गरी १४ निर्णय गरेका छन्।
उनीहरूले अध्यक्ष दुजाङ शेर्पाले विभिन्न जिल्ला र क्याम्पस इकाइ अध्यक्ष तोकेको भन्दै उक्त कार्य विधानविपरीत भएको उल्लेख गरेका छन्।
अध्यक्ष शेर्पाले गरेका विधानविपरीतका मनोनयन सबै खारेज गरेको उनीहरूले बताएका छन्।
नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट नेविसंघ केन्द्रीय सदस्यहरूको भेलाले १२ औं महाधिवेशन सुनिश्चितताको माग पनि गरेका छन्। कार्यसम्पादन समिति र विभाग तत्काल गठन गर्न पनि उनीहरूको माग छ।
यस्ता छन् निर्णय:




