नेपाली कांग्रेसले ललितपुरको बालकुमारीमा शुक्रबार दिउँसो भएको प्रदर्शन, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडीमाथिको आगजनी घटनको छानबिन र प्रदर्शनकारीले उठाएका मागका विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले विज्ञप्ति निकालेर घटनाप्रति दु:ख व्यक्त गरेका छन्। घटनामा परेर दुई जना युवकको मृत्यु पनि भएको छ।
‘घटनाको सत्यतथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घाइतेको उपचार र प्रदर्शनकारीका मागमा गम्भीर बन्न सरकारसँग माग गर्दछौं,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कोरियाली भाषा परीक्षामा आवेदनसम्बन्धी विषयलाई लिएर आज बालकुमारी-ग्वार्को क्षेत्रमा प्रदर्शन भएको थियो।
यस्तो छ विज्ञप्ति:
