नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा धर्ना दिएको छ।
मंगलबार नेविसंघले कार्यालय परिसरमा धर्ना दिएको हो।
नेविसंघ नेता नारायण पाण्डेले परीक्षा, नतिजा प्रकाशन, शैक्षिक प्रमाण पत्र वितरणलगायतमा कार्यालयले ढिलासुस्ती गर्दा विद्यार्थीले हैरानी पाएको विरोधमा धर्ना गरिएको हो।

नेविसंघले सांकेतिक विरोधस्वरूप कर्मचारीलाई मालासमेत लगाइदिएका थिए।
साथै त्रिवि स्ववियुले गरिरहेको त्रिवि सुधार अभियानमा नेविसंघले पनि साथ दिएको छ। विश्वविद्यालयमा राजनीतिक भागबन्डा गर्न नहुनेमा नेविसंघ उभिएको छ।
केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाका अनुसार त्रिवि उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा हुनुपर्छ।
साथै त्रिवि कुलपति प्रधानमन्त्री रहने व्यवस्था पुनरावलोकन गर्न माग गरिएको उनी बताउँछन्।