नेविसंघको एक प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईसँग विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गर्न माग गरेको छ।
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्दा राजनीतिक भागबन्डा नगर्न नेविसंघले मन्त्री राईलाई ध्यानाकर्षण गरेको हो।
समग्र शिक्षा प्रणालीको सुधार गर्न र विश्वविद्यालयहरूमा भइरहेको राजनीतिकरण तथा दलीयकरणको अन्त्यका लागि खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गर्न शिक्षा मन्त्री राईलाई ध्यानाकर्षण गरिएको नेविसंघ नेता भुवन भट्टले बताए।
विश्वविद्यालयहरूमा भइरहेको लापरबाही, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न पनि माग गरिएको उनले बताए। साथै उनीहरूले संघीय शिक्षा विधेयक संसदबाट छिटो पास गर्न पनि ध्यानाकर्षण गरेका छन्।

