नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।
अध्यक्ष ओलीलाई भेट्न जयशंकर बिहीबार दिउँसो बत्तिसपुतलीस्थित होटल द्वारिकाज् पुगेका थिए।
उनीहरूबीच दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ।
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार बिहान नेपाल आइपुगेका हुन्।
उनले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटिसकेका छन्।