नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्नेगरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ।
माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा सोमबार (पुस २३ गते) उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।
राष्ट्रिय सभाको सिट भागबन्डाबारे गठबन्धनमा भएको छलफल र पार्टीको कदमबारे आजको बैठकले निर्क्योल गर्नेछ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाका सबै सिटमा उम्मेदवार उठाउने निर्णय शुक्रबारको केन्द्रीय सचिवालय बैठकले गरिसकेको छ।
कांग्रेसको आजको बैठकमा पार्टीको आगामी महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।