कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको मुख्य न्यायाधिवक्तामा रूपेश कोइरालालाई नियुक्त गरेका छन्।
विराटनगरका कानुन व्यवसायी कोइरालाले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले कोइरालालाई शपथ गराएका छन्।
कोइराला परिवारका निकट नवनियुक्त मुख्य न्यायाधिवक्ता रूपेश कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति हुन्।